काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि उच्चस्तरीय अध्ययन समिति गठन गर्ने बताएका छन् ।


ADVERTISEMENT


सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएहरुको ४५ औं पुण्य तिथीमा म्याप मेमोरियल सोसाइटीले आइतबार भक्तपुरमा आयोजना गरेको के नेपालको आकाश सुरक्षित छ ? बिषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री पाण्डेले यस्तो उच्चस्तरीय अध्ययन समिति गठन गर्ने जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


नेपालको हवाई दुर्घटनापछिको प्रतिवेदनहरुलाई एकीकृत गरी अध्ययन गर्ने र नागरिक उड्ययन क्षेत्रलाई विश्वश्नीय बनाउनका लािग उच्चस्तरीय अध्ययन समिति गठनको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी भइरहको उनले बताए ।

मन्त्री पाण्डेले नियमनकारी निकाय र सेवा प्रदायक संस्था एउटै हुँदा नागरिक उड्ययनको क्षेत्रमा समस्या आएको गुनासा आएकाले दुई निकायलाई छुट्टाछुट्टै गर्ने गरी विधेयक तयार भएको र आगामी मन्त्रिपरिषद्बाट अघि बढ्ने जानकारी दिए ।

हवाई क्षेत्रका बीमा लगाएतका विभिन्न ऐनहरुलाई पनि समयानुकुल अघि बढाइने उनले बताए । गैरसैनिक हवाई ऐन निकै पुरानो भएकाले परिमार्जन गर्ने गरी मन्त्रालयले तयारी गरिरहेको उनको भनाई छ ।

मन्त्री पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको छानविन समितिले छानविन गरिरहेको र सरकारले कुनै हस्तक्षेप नगरेको जिकिर गरे । छानविन समितिले उचित निष्कर्ष निकाल्ने र सरकारले प्रतिवेदनको निष्कर्षलाई कार्यान्वयन गर्ने उनले बताए ।