काठमाडौँ– परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकारले राजदूत नियुक्ति गर्दा समावेशीमा ध्यान दिन नसकेको स्वीकार गरेकी छन् ।


ADVERTISEMENT


सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा मन्त्री राणाले राजदूत नियुक्ति गर्दा विविध कारणले केहि कमीकमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सुधार गर्दै अघि लाने बताएकी हुन् ।


ADVERTISEMENT

# # #


संविधानमा समानुपातिक समावेशिता विषय उल्लेख गरेपनि त्यसलाई कार्यान्वयनका लागि आवश्यक नियमावली र निर्देशिका बनाउदा बिशेष ध्यान दिनुपर्ने उनले बताइन् । उनले महिला राजदूत तोक्नका लागि पनि संख्या नै स्पष्ट हुनुपर्ने जिकिर गरिन् ।

मन्त्री राणाले सरकारले सिफारिस गरेका व्यक्तिहरुलाई पनि गहन रुपमा सुनुवाई गरेर मात्रै अनुमोदन गर्न समिति समक्ष आग्रह गरे । बैठकमा समिति सदस्यहरुले एकैपटक १७ जना राजदूतको सिफारिस हुदा पनि समावेशी समानुपातीकमा सरकारले ध्यान दिन नसकेको धारणा राखेका थिए ।

सरकारले साउन १४ गते सरकारले विभिन्न १७ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको थियो । प्रस्तावित राजदूतहरुको समितिले सुनुवाई समेत गरेको छ ।