काठमाडौँ– वर्ल्ड नम्बरवान मेजर अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दशैं, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै विशेष अफर ‘बाई, वीन, फ्लाई’ ल्याएको छ।


ADVERTISEMENT


बम्पर उपहारमा दुइ जनालाइ थाईल्याण्ड टुर, हरेक हप्ता मिक्स्चर, ४६,५०० सम्म क्यासब्याक र माइडिया ब्रान्डको विभिन्न घरायसी सामान किन्दा पक्का उपहार समावेश गरेको छ ।


ADVERTISEMENT

# # #


हरेक ग्राहकले माइडिया विभिन्न उत्पादनहरू जस्तै रेफ्रिजरेटर, वाशिङ मेसिन, डिशवाशर, एसी, राइस कुकर, र अन्य घरेलु उपकरणहरू खरीद गर्दा ठूलो छुट पाउने छन् । उपभोक्ताहरूले ४६,५०० रुपैयाँसम्मको ठूलो बचत गर्न सक्नेछन् ।

कम्पनीका अनुसार साप्ताहिक पुरस्कारअन्तर्गत हरेक हप्ता मिक्सर ग्राइन्डर, फ्रन्ट लोड वाशिङ मेसिन (२०० सिरिज) खरीद गर्ने ग्राहकले माइडिया राइस कुकर, फ्रन्ट लोड वाशिङ मेसिन (१०० सिरिज) खरीद गर्दा २ केजी एरियल डिटरजेन्ट, रेफ्रिजरेटर खरीद गर्ने ग्राहकलाई टोस्टर र डिशवाशर खरीद गर्ने ग्राहकले निःशुल्क दुइ वटा डिशवाशर किट प्राप्त गर्नेछन् ।

यो योजना अन्तर्गत भाग लिन, ग्राहकले माइडिया उत्पादनहरू खरीद गरेर थाइल्यान्ड ‘टूर फर कपल’ जित्न सक्नेछन् । विजेता जोडीलाई रोमाञ्चक थाइल्यान्ड भ्रमणको अवसर प्रदान गरिनेछ।

यस योजनाले माइडियाका गुणस्तरीय घरेलु उपकरणहरूलाई अझ किफायती बनाउँदै उपभोक्ताहरूलाई दशैंको अवसरमा विशेष लाभ दिने उद्देश्य राखेको छ।

यो अफर नेपालभरका मिडियाका डिलरहरू र शोरूमहरूमा लागू हुनेछ। थप जानकारीको लागि ग्राहकहरूले माइडियाको आधिकारिक वेबसाइट वा नजिकको शोरूममा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, मल्टि डोर रेफ्रिजिरेटर, साइड बाइ साइड रेफ्रिजिरेटर, डिसवासर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, चिम्नी, गिजर, वाटर डिस्पेन्सेर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् ।

शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।