काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटको एशिया क्षेत्र छनोटका लागि २९ जना महिला क्रिकेटरलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले भाद्र ३० गते (सेप्टेम्बर १५) देखि दाङको लमहिमा प्रथम चरणको १५ दिने बन्द प्रशिक्षण शिविरका लागि खेलाडी बोलाएको हो ।
आईसीसी यू–१९ महिला विश्वकप एशिया क्षेत्र छनोट प्रतियोगिता यहि नोभेम्बर २०२४ मा युएईमा सञ्चालन हुँदैछ । उक्त प्रतियोगिताका लागि नेपाली टोली छनोट गर्न क्यानले २९ जनालाई बन्द प्रशिक्षणमा बोलाएको हो । बन्द प्रशिक्षणमा गरेको प्रदर्शनका आधारमा क्यानले १५ सदस्यीय नेपाली छनोट गर्नेछ ।
बन्द प्रशिक्षणमा बोलाइएका २९ खेलाडी
सोनी पाख्रिन, ऐलि यादव, मनीषा उपाध्याय, करिश्मा गुरुङ, बिपिसा शाही, पूजा साउद, सना प्रवि, प्रतिमा साह, स्नेहा महरा, सावित्रा धामी, करिश्मा थापा, विना साउद, रिया शर्मा, पूजा महतो, एलिसा कुमारी यादव, भवानी कमाती, कुसुम गोदार, सिमाना केसी, आश्मा मगर, सुष्मिता भुसाल, सरिना थापा, ज्योत्स्निका मरासिनी, अनु कठायत, किरण कुमारी कुँवर, तिर्सना विक, आरती महतो, निरु जी टी, रचना चौधरी, मनीषा बोहरा ।
नेपालले एशिया क्षेत्र छनोटमा युएई, थाइल्याण्ड र कुवेतसँग राउण्ड रोबिन फर्म्याटमा प्रत्येक टोलीसँग २–२ खेल खेल्नेछ । जस अनुसार नेपालको पहिलो खेल ६ नोभेम्बरमा थाइल्याण्डसँग, ७ नोभेम्बरमा कुवेत, ९ नोभेम्बरमा युएई, १० नोभेम्बरमा थाइल्याण्ड, १२ नोभेम्बरमा कुवेत र १३ नोभेम्बरमा युएईसँग खेल्नेछ ।
प्रतियोगिताको विजेता टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला विश्वकप क्रिकेटमा छनोट हुनेछ ।




























































