काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीले दलले संसदीय प्रणालीलाई अमर्यादीत र कमजोर बनाउने काम गरेको बताएका छन् ।
बुधबार संसद भवन परिसरमा संचारकर्मीसंग कुरा गर्दै बर्तौलाले सदनमा सभामुखले नियम र ऐन बमोजिम गरिएका निर्णयहरुलाई अस्वीकार गर्ने प्रतिपक्षीको कदमले संसदीय प्रणालीलाई अमर्यादीत र कमजोर बनाउने काम गरेको बताएका हुन् । माओवादी केन्द्रबाट प्रतिनिधिसभाको बैठकमा सभामुखमाथि लान्छना लगाउने, अपनामानित गर्ने काम भएको उनले बताए ।
‘आजको बैठक संसदको बैठक हो, माओवादीको केन्द्रीय कार्यालय होइन यो । माओवादी कार्यालयमा जसरी छाडा बोल्नुहुन्छ, त्यो उहाँहरुको मामिला हो । तर यहाँ सभामुखको रुलिङ सबैले मान्न जरुरी छ’ उनले भने, ‘सभामुखले दिएको समयभित्र सबैले बोल्नुपर्ने कानुनी बाध्यता हो, कसैले रहर लागेर मान्छु मान्दिनँ भन्ने होइन ।’
सशस्त्र संघर्षका समयमा माओवादी आन्दोलनभित्र हत्या, हिंसा तथा कयौंको बलात्कार समेत भएको तर्क गर्दै उनले भने, ‘माओवादीले हिजो सशस्त्र द्वन्द्वको समयमा धेरै हिंसा गरेका छन् । द्वन्द्वका क्रममा हजारौँ मान्छेको क्रर हत्या गर्नेलाई हामी कानुन बनाएर कारबाही गर्दैछौँ । तर, हामी माओवादीलाई हत्यारा भन्दैनौँ ।’ उनले भने, ‘सशस्त्र द्वन्द्वको समयमा माओवादी ओन्दोलनभित्र कयौँको हत्या भएको थियो, हिंसा भएको थियो, बलात्कार भएको थियो ।’
साथै नियम र ऐन बमोजिम गरिएका निर्णयहरुलाई अस्वीकार गर्ने प्रतिपक्षी यस्तो गतिविधिले संसदीय प्रणालीलाई अमर्यादीत र कमजोर बनाउने काम गरेको जनाए । हिंसा शब्दलाई दिएर माओवादीले उत्तेजित पार्ने कोसिस गरे पनि सत्ता पक्ष शालिनताका साथ प्रस्तुत हुने उनले बताए ।
संसद माओवादी पार्टीको केन्द्रीय कार्यालय नभएको र छाडा गर्ने छुट नरहेको उनको भनाई छ । समाभुखको रुलिङ सवैले मान्नुपर्ने कानूनी मान्यता रहेको बताउदैँ उनले माओवादीबाट पटक पटक संसदीय कामलाई असहयोग गर्ने काम भएको सुनाए ।



























































