काठमाडौँ – नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले पेरिस पारालिम्पिकमा नेपालका लागि ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।


ADVERTISEMENT


सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच कांग्रेस बागमती प्रदेश कार्यसमितीका सभापति ईन्द्रबहादुर बानियाले पलेशालाई बागमती प्रदेश काँग्रेस कार्यसमितिले १ लाख ११ हजार १११ रुपैयाँ नगद र सम्मानपत्र सहित सम्मान गरेका हुन् । यस्तै पलेशाको व्यवस्थापकीय टोलीलाई समेत २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै कार्यक्रममा बागमती प्रदेशका खेलकुलद मन्त्री मीनकृष्ण महर्जनले १० लाख रुपैयाँ नगद र प्रशिक्षकलाई २ लाख रुपैयाँ नगद पुरस्कार गर्नेसमेत घोषणा गरे । उनले विभिन्न कठिनाइका बाबजुत पलेशाले ऐतिहासिक मेडल जितेको भन्दै खुसी व्यक्त गरे ।

सम्मान कार्यक्रममा पलेशाले आफूले निकै मेहनत गरेका कारण पदक हासिल गर्न सफल भएको भन्दै आगामी दिनमा थप मेहनतका साथ अघि बढाउने बताइन् ।

यस्तै सम्मान कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागमती प्रदेश सभापति बानियाँले पलेशाले नेपाललाई विश्वमाझ चिनाएको भन्दै आभार प्रकट गरे । उनले आगामी दिनमा हुने प्रतिस्पर्धामा पहिलो बन्नका लागि आवश्यक तयारीका लागि आफ्नो पार्टीको तर्फबाट सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउँदै प्रदेश सरकारको पनि अधिकतम सहयोग रहने विश्वास व्यक्त गरे ।

आफू पहिलो पटक २०६४ मा चुनाव लड्दा तेस्रो नै भएको २०७० मा पहिलो बनेको स्मरण गर्दै उनले भने, ‘म पनि तेस्रोबाट पहिलो भएको, पलेशा बहिनी पनि तेस्रोबाट पहिलो भएको हामी हेर्न चाहन्छौँ । त्यसको लागि हामीले गर्नुपर्ने सहयोग कुनै पनि कसर नराखी गर्ने कुरा प्रतिवद्धता व्यक्त गर्छु ।’

खेलको तयारीका लागि प्रयाप्त पूर्वाधार नहुँदा पनि उच्च मनोवलका साथ खेल प्रदर्शन गरेको उनले बताइन् । सन् २०२४ अगष्ट २८ देखि सेप्टेम्बर ८ सम्म मित्रराष्ट्र फ्रान्सको पेरिसमा आयोजित पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य जितेकी थिइन् ।