काठमाडौँ– आज विश्वकर्मा पूजा । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् ।


ADVERTISEMENT


भगवान् विश्वकर्माको पूजा गर्न काठमाडौंको भद्रकाली लगायतका स्थानहरुमा भीड रहेको छ ।


ADVERTISEMENT

# # #


प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाइने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ ।

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।