विराटनगर– झापा र सुनसरीबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


असोज ५ गते झापाको मेचिनगर नगरपालिका–६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ९ जनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा इलाम सुर्योदय नगरपालिका–६ का २८ वर्षीय अनिल प्रधानलाई २ ग्राम ब्राउन सुगर सहित र भद्रपुर नगरापालिका-९ का ३१ वर्षिय सरेन किश्कु, मेचीनगर– १४ का २९ वर्षिय रबिन ढोली, कमल गाउँपालिका–२ का २४ वर्षिय साहिल दर्नाल, ४१० मिलिग्राम ब्राउन सुगर सहित भद्रपुर–९ का २९ वर्षिय सामेल मगर रहेका छन् ।

त्यसैगरी बिशेष सुचनाको आधारमा सुनसरीको इलाका प्रहरी कार्यालय लौक‍हीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–१ स्थितबाट को. ६ प ३०६७ नम्बरको मोटरसाईकलमा सवार रहेका ईटहरी उप–महानगरपालिका–१७ का २४ वर्षीय समिम मिया र रामधुनी नगरपालिका–३ का २८ वर्षिय अमित चौधरीलाई ५ ग्राम २५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय लौक‍ही र लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले ईनरुवा नगरपालिका-५ का ३० वर्षिय रबिन पोखरेल र सिन्धुपालचोक मेलम्ची नगरपालिका–१० का २९ वर्षिय विकास अधिकारीलाई २१ ग्राम ८७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।