काठमाडौँ – नेपाली कराते खेलाडी एरिका गुरुङले एसियन कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक हात पारेकी छन् । चीनमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथिको प्रतिस्पर्धामा एरिकाले रजत जितेकी हुन् ।


ADVERTISEMENT


 एसियाली सिनियर करातेमा नेपालले पहिलो पटक पदक जितेको हो । उनले स्वर्ण पडकको प्रतिस्पर्धामा फाइनलमा भियतनामी खेलाडीसँग पराजित भएसँगै रजतमै सीमित भएकी हन् । फाइनलमा भियतनामकी नाओन थी नुयेनसँग ६-० ले पराजित भइन् ।


ADVERTISEMENT

# # #


यसअघि एरिकाले सेमिफाइनलमा थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले हराउँदै फाईनलमा स्थान बनाएकी थिइन् । एरिकाले गत वर्ष चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक हात पारेकी थिइन् ।