काठमाडौँ – गृह मन्त्रालयले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको अन्तिम प्रतिवेदन कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका हुन् ।
यससँगै सहकारी ठगी प्रकरणको प्रमुख मुद्दाका रुपमा रहेको गोरखा मिडिया र त्यसका तत्कालीन प्रबन्ध निर्देशक पूर्वप्रधानमन्त्री रवि लामिछानेमाथि समेत अब अनुसन्धान हुने भएको हो । गोरखा मिडियाले अवैधानिक रुपमा सहकारीबाट भित्र्याएको रकम र त्यसको खर्चमा रविको समेत संलग्नता रहेको भन्दै छानबिन समितिले उनीमाथि कारबाही गर्न सिफारिस गरेको छ ।
समितिले भदौ ३१ गते अन्तिम प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेको थियो । उक्त प्रतिवेदन कार्यान्वयन गर्न सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएका थिए भने मन्त्रिपरिषद्को बैठकले समेत उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।



























































