काठमाडौं- एनसेलले ट्राभल प्लेटफर्म ट्रिप टर्बोसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूलाई यात्रा बुकिङ तथा साहसिक गतिविधिहरूमा विशेष छुट र अफर उपलब्ध गराउने भएको छ।
यो सहकार्यअन्तर्गत रु. ९९ वा सोभन्दा बढी मूल्यको कुनै पनि एनसेल प्याक खरिद गर्ने ग्राहकहरूले बस टिकट बुकिङ, आन्तरिक हवाई यात्रा तथा विभिन्न साहसिक गतिविधिहरूमा रु. ८,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, ग्राहकहरूले पहिलो पटक आन्तरिक हवाई टिकट बुकिङ गर्दा रु. २०० छुट, त्यसपछिका प्रत्येक आन्तरिक उडानमा रु. १४० छुट तथा बस टिकट बुकिङमा रु. १११ छुट पाउनेछन्।
यो सुविधा एनसेल एपको “पार्टनर सेवाहरू” भित्र रहेको ट्रिप टर्बो सेक्सनमार्फत प्रयोग गर्न सकिन्छ। यसले ग्राहकहरूलाई यात्रा तथा मनोरञ्जनात्मक गतिविधिहरू सजिलै खोज्न र छुटसहित बुक गर्न सहयोग गर्नेछ।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, “हामी केवल टेलिकम सेवा मात्र नभई ग्राहकलाई यात्रा र जीवनशैलीसँग जोडिएका अतिरिक्त फाइदा दिन प्रतिबद्ध छौं। ट्रिप टर्बोसँगको सहकार्यले यही उद्देश्यलाई अझ मजबुत बनाएको छ।”
ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रा, बस टिकट, होटल, होलिडे प्याकेज तथा ग्राहकअनुसार तयार पारिएका यात्रा सेवाहरू प्रदान गर्दै आएको छ।
यस सहकार्यले डिजिटल प्रविधिको प्रयोगमार्फत दैनिक जीवनलाई सजिलो बनाउने एनसेलको लक्ष्यलाई अझ अघि बढाउने विश्वास गरिएको छ।




























































