काठमाडौँ – भिजा इन्टरनेशनलद्वारा आयोजित “लिडरसिप कन्क्लेभ नेपाल, २०२४” सम्मेलनमा कुमारी बैँक लिमिटेड दुई विधामा सम्मानित भएको छ । शुक्रबार आयोजित लिडर्स कन्क्लेभ सम्मेलनमा भिजा इन्टरनेशनलद्वारा कुमारी बैंकलाई “एक्सेलेन्स इन कस्टमर क्रेडिट कार्डस् बिजनेस” र “एक्सेलेन्स इन क्रस बोर्डर बिजनेस ” अवार्डहरुले सम्मानित गरेको हो ।
आफ्नो स्थापनाकालदेखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।




























































