काठमाडौं- सीमका बिषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग राख्दै बुधबार पनि बिपक्षी दलका सांसदले प्रतिनिधिसभामा विरोध जनाएको छ ।


ADVERTISEMENT


बुधबार बैठक सुरु हुनेबितिकै आफ्ना माग पुरा नभएको भन्दै उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई बोल्न समय दिएका हुन् ।


ADVERTISEMENT

# # #


अध्यक्ष साम्पाङले सीमासम्बन्धी दिएको आफ्नो अभिव्यक्तिबारे सांसदको प्रश्नको जवाफ कर्तव्यवोध गर्दै दिनुपर्ने बताएका छन् ।

उनले  प्रधानमन्त्रीको निर्देशनमा सुकुम्वासीको बस्तीमा डोजर चलाएर बेघर बनाएको र होल्डिङ सेन्टरमा खाना पानीको अभाव भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
अध्यक्ष साम्पाङले छिटो भन्दा छिटो सुकुम्वासीको व्यवस्थापन गर्न माग समेत गरेका छन् ।