काठमाडौँ – जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई ३ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ ।


ADVERTISEMENT


विद्युतीय अपराध कारोबार ऐन विपरितको कसुर गरेको आरोपमा आइतबार पक्राउ परेका प्रसाईलाई प्रहरीले १० दिन थुनामा राख्ने मागसहित अदालतमा उपस्थित गराएको थियो । तर, अदालतले ३ दिनको मात्रै अनुमति दिएको हो ।


ADVERTISEMENT

# # #


प्रसाईविरुद्ध विभिन्न व्यक्तिले चरित्रहत्या गरेको, वेश्यावृति गरेको आरोप लगाएको तथा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै साईबर ब्यूरोमा उजुरी परेको थियो । सोही आधारमा प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिएर प्रसाईलाई पक्राउ गरेको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।

उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो ।”

आइतबार प्रहरीको टोली पक्राउ गर्न पुगेपछि प्रसाईले घरको लामो समयसम्म गेट बन्द गरेर बसेपछि प्रहरीको टोलीले घरको कम्पाउण्डमा छिरेर प्रसाईलाई पक्राउ गरेको थियो ।