काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश दिने भएको छ । सोमबार बसेको बैँकको ४६३औं सञ्चालक समितिको बैठकले उक्त लाभांश स्वीकृत गरेको हो ।


ADVERTISEMENT


नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लागू हुने बैँकले जनाएको छ । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०८०/८१ को वितरण योग्य मुनाफाबाट २०८१ आषाढ मसान्तको चुक्तापुँजी रु. १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ४ प्रतिशतले हुने रु ५६ करोड ८० लाख ३८ हजार ९६०.२३ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने रु २ लाख ९८ हजार ९६ हजार ७८७.३८ सहित जम्मा रु ५९ करोड ७९ लाख ३५ हजार ७४७/६१ दिने प्रस्ताव गरिएको छ ।


ADVERTISEMENT

# # #


उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।

२०६४ साल बैशाख ७ गतेबाट कारोवार सञ्चालन गरी विगत १८ वर्ष देखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस सिटिजन्स बैंकले सर्वसाधारणलाई शेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखी नै शेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गर्न सफल भएकोे छ । आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको औषत लाभांश दर ११.५६ प्रतिशत रहेका छ भने, प्रस्तावित लाभांश सहित पछिल्लो १० वर्षको औषत लाभांश दर १२.१० प्रतिशत रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग ईकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।