काठमाडौँ– नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान (नाफा) ले भारतीय दूतावासको सहकार्यमा नक्सालस्थित  नेपाल– भारत कला दर्शाउने ‘रामायण अनुनादः अ सेलिब्रेसन अफ शेयर्ड हेरिटेज’ कला प्रदर्शनी शुरु गरेको छ ।


ADVERTISEMENT


आठ दिनसम्म चल्ने उक्त प्रदर्शनीमा भारत र नेपालका कलाकारहरूले बनाएका हिन्दू धर्मग्रन्थ रामायणसँग सम्बन्धित सुन्दर कलाकृतिहरू प्रदर्शनमा राखिएका छन् ।


ADVERTISEMENT

# # #


‘रामायणः साझा धरोहर’ शीर्षकको उक्त प्रदर्शनी नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरे । सो प्रदर्शन सेप्टेम्बर ३० गतेसम्म चल्ने जनाइएको छ ।

हिन्दू धर्मग्रन्थ रामायणमा चित्रण गरिएको वीरता र भक्तिलाई चित्रण गर्दै समकालीनदेखि परम्परागत कला दर्शाउने प्रदर्शनीमा चार नेपाली कलाकारका पाँच कलाकृति र ३० भारतीय कलाकारका ४२ कलाकृति राखिएका छन् ।