काठमाडौँ– चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरु भ्रमण छोट्याएर स्वदेश फर्केका छन् ।


ADVERTISEMENT


१० दिनको भ्रमणमा चीन गएका रास्वपाका नेताहरु सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्ने सम्भावना बढेको भन्दै बिहीबार स्वदेश फर्किएका हुन् ।


ADVERTISEMENT

# # #


स्वदेश फकिएपछि रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले अरुलाई जोगाउनका लागि आफ्ना सभापतिलाईमात्रै टार्गेट बनाउन खोजिएको भन्दै कुनै पनि राजनीतिक प्रतिशोधको कडा रुपमा प्रतिकार गर्ने बताए ।

लामिछानेलाई व्यक्तिगत रूपमा संलग्न भएर सहकारीबाट रकम नलिएको छानविन समितिले नै प्रष्ट उल्लेख गर्दा पनि जबरजस्ती अपराधी बनाउन खोजिएको जिकिर गरे ।

उनले सहकारी प्रकरण, पछिल्लो राजनीतिक अवस्थाका बारेमा शुक्रबार पत्रकार सम्मेलन गरि आधिकारिक धारणा तय गर्ने जानकारी दिए ।

त्यस्तै रास्वपा उपसभापति डा स्वर्णिम वाग्लेले लामिछानेमाथिको प्रहार व्यक्तिमाथिको नभई संस्थामाथिको प्रहार भएकाले प्रतिकार गर्ने स्पष्ट पारे । वाग्लेको नेतृत्न्वमा १४ जना रास्वपा नेताहरु शनिबार चीन भ्रमणमा गएका थिए ।