काठमाडौँ – मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह सञ्चारले कार्तिक २९ गतेदेखि महजात्रा आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मह सञ्चार दर्शकलाई हसाउदै समाज प्रति सोच्न बाध्य पार्ने उद्देश्यका साथ महजात्रा आयोजना गर्न लागेको जनाएको छ ।


ADVERTISEMENT

# # #


मह जोडीले नेपालमा दश वर्षपछि मिरा फाउण्डेशन र मानव सेवा आश्रमको सहयोगार्थ पुनः एकपटक महजात्रा नामक प्रहसन मार्फत आफ्नो प्रत्यक्ष प्रस्तुति दिने जनाएका छन् । मह जात्रा मह सञ्चार र सुश्री मिडिया प्रालिको सहकार्यमा कार्तिक २९ गतेदेखि प्रज्ञा प्रतिष्ठानमा हुने र त्यसपछि देशव्यापीरुपमा मह जात्रा आयोजना हुने बताइएको छ ।

हास्य व्यङग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्याहरु र विविध पक्षहरुलाई उजागर गर्ने उदेश्यका साथ मह जात्रा आयोजना गरिएको वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले बताए ।

त्यस्तै वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले निष्पक्षमा रुपमा समाजमा देखिएका बिषयहरुलाई हास्य व्यङ्ग्यमार्फत उजागर गर्ने बताए ।

महजात्रा प्रहशनमा ख्यातीप्राप्त हास्य कलाकारहरु किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल लगाएतको समेत प्रस्तुती रहने महसञ्चारले जनाएको छ ।