काठमाडौँ – प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १७औ वार्षिकोत्सवको अवसरमा देशका ६ वटा प्रदेशमा रक्तदान कार्यक्रम अयोजना गरेको छ । बैँकले शुक्रबार केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौँ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंजमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।


ADVERTISEMENT


यस्तै गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेत समेत रक्तदान कार्यक्रम गरिएको बैँकले जनाएको छ । उक्त रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुकहरु गरी ३९२ जनाले रक्तदान गरेका थिए ।


ADVERTISEMENT

# # #


सो कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पुर्ण रक्तदाता तथा प्रविधिकहरुलाई धन्यवाद दिँदै, मानवजीवन रक्षाकोलागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजन गरी सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिकसेवाका कार्यहरु गर्दैजाने प्रतिबद्घता पनि व्यक्त गरे ।