काठमाडौं- नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले राहत वितरणलाई पारदर्शी, प्रभावकारी र सर्वदलीय समावेशी संयन्त्रमार्फत तत्काल पीडितसमक्ष पु¥याउन माग गरेका छन् ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद केसीले रसुवा र त्रिशूलीपारिका विस्थापित नागरिकहरू अझै आधारभूत राहतको पर्खाइमा रहेको र स्थानीय जनप्रतिनिधिहरूमा तीव्र आक्रोश रहेकाले राहत वितरणलाई पारदर्शी, प्रभावकारी र सर्वदलीय समावेशी संयन्त्रमार्फत तत्काल पीडितसमक्ष पु¥याउन माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले ’एकद्वार प्रणाली’का नाममा केन्द्रीकृत सोच अपनाइएको र राहत सामग्रीहरू सदरमुकाममै थुप्रिएर पीडितहरू भोकभोकै रात बिताउन बाध्य भएको भन्दै आपत्ति जनाएका छन् ।

उनले पार्टी र सरकारलाई एउटै ठाउँमा मिसाउने शैली कम्युनिस्ट एकदलीय पद्धतिमा मात्र हुने भन्दै प्रजातान्त्रिक अभ्यासमा सरकारले आफ्ना कमजोरी स्वीकारेर सबैका कुरा सुन्नुपर्ने बताएका छन् ।