काठमाडौँ– झ्याप्ले खोलामा थप ७ वटा शव फेला परेका छन् ।


ADVERTISEMENT


काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट थप ७ वटा शव निकालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाइस गाडीबाट २ महिला र ५ जना पुरुषको शव निकालिएको हो । यसअघि आजै तीन वटा शव निकालिएको थियो ।


ADVERTISEMENT

# # #


शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।

पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन ।

सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ ।