काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले एआईको गैरजिम्मेवार प्रयोग र समाजमा बढ्दो ‘हेट स्पिच’का कारण साइबर अपराध नियन्त्रणका लागि कडा कानुनी व्यवस्था आवश्यक भएको बताएका छन्।


ADVERTISEMENT


सोमबार सिंहदरबारमा प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समिति बैठकमा बोल्दै उनले विद्युतीय कारोबार ऐनका धेरै व्यवस्था समयानुकूल नभएकाले त्यसलाई तत्काल परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए।


ADVERTISEMENT

# # #


उनका अनुसार साइबर अपराध अनुसन्धानका लागि ३५ दिनबाट बढाएर तीन महिना पुर्‍याइएको समयावधि पनि कतिपय अवस्थामा पर्याप्त नहुने गरेको छ। विदेशबाट प्रमाण संकलन गर्नुपर्ने, अन्तर्राष्ट्रिय समन्वय गर्नुपर्ने तथा विदेशमा रहेका अभियुक्तलाई नेपाल ल्याउने प्रक्रिया जटिल भएकाले अनुसन्धानमा ढिलाइ हुने गरेको उनले उल्लेख गरे।

बैठकमा सांसदहरूले बढ्दो साइबर अपराधप्रति गम्भीर हुँदै साइबर सुरक्षा सुदृढ गर्न सरकारसँग आग्रह गरेका थिए। समिति सभापति आकृति अवस्थीले लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन तर्जुमा गर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।