काठमाडौं – नेकपा एमालेले स्थापना गरेको ‘सामाजिक सेवा केन्द्र’ले बाढी पहिरोबाट प्रभावितलाई उद्धार र सहयोग वितरणमा निरन्तर खटिरहेको छ। एमालेको सामाजिक सेवा केन्द्रबाट अहिलेको विपदमा १ करोड रुपैयाँ बराबरको राहत वितरणको काम भइरहेको हो।


ADVERTISEMENT


प्राकृतिक विपद् तथा सर्वसाधारणलाई अफ्ठ्यारो पर्दा सहयोग तथा साथ दिने आशयका साथ स्थापना भएको सामाजिक सेवा केन्द्रले गत दुई, तीन दिनदेखि अवरिल वर्षाको कारण प्रभावित भएकाहरुलाई सहयोग र राहात प्रदान गरेर अघि बढिरहेको छ।


ADVERTISEMENT

# # #


काठमाडौं उपत्यका तथा देशभर भएको धनजन क्षतिलाई आत्मसाथ गर्दै सामाजिक सेवा केन्द्रले काम गरिरहेको सामाजिक सेवा केन्द्रका संयोजक मोतिलाल दुगड बताउछन्। एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख तथा सामाजिक सेवा केन्द्रका संयोजक रहेका दुगडले उद्धार तथा राहात वितरणमा सहयोग गरिरहेको जानाकारी दिए।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको निर्देशनमा यो काम भइरहेको संयोजक दुगडले बताए। २०७८ मा अर्थात् कोभिड १९ ले जनजीवन प्रभावित भइरहेको अवस्थामा नेकपा एमाले परोपकार कार्य गर्न भन्दै नयाँ संरचना’ सामाजिक सेवा केन्द्र’ गठन गरेको थियो। एमालेले समाजिक तथा मानव सेवाका लागि संस्था स्थापना गरेको हो।

समाजसेवा र मानवीय सेवाको नयाँ अभियान सञ्चालन ल्याएको एमालेले यसलाई निरन्तर जारी राखेको छ। प्रकृतिक प्रकोपका साथै सामाजिक समस्यामा समेत सहयोग प्रदान गर्दै आइरहेको छ।