काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३८ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।


ADVERTISEMENT


कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद नाफा ३७ करोड ७४ लाख रुपैयाँ रहेको थियो।


ADVERTISEMENT

# # #


समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १६.१७ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, कुल आम्दानी १०.४९ प्रतिशतले बढेको छ। कम्पनीको खुद दाबी भुक्तानी १०.३१ प्रतिशत तथा कुल खर्च १०.८७ प्रतिशतले वृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ।

नाफामा भएको वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि सामान्य बढेको छ। अघिल्लो वर्षको तुलनामा १३ पैसा वृद्धि हुँदै समीक्षा अवधिमा ईपीएस ७ रुपैयाँ ६५ पैसा पुगेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात ४९.४९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ६२ पैसा रहेको छ।

कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको छ। महाविपत्ती कोषमा १८ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३५ करोड ९८ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ८ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीले जनाएको छ।