काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० वरीयतामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन् । पछिल्लो आईसीसी टी–२० वरीयताको अलराउन्डरतर्फ दीपेन्द्र विश्वकै दोस्रो स्थानमा उक्लिएका हुन् ।


ADVERTISEMENT


यसअघिको वरियताभन्दा चार स्थान माथि उक्लँदै दीपेन्द्र दोस्रो स्थानमा पुगेका हुन् । उनले अष्ट्रेलियाका मार्कस स्टोनिस, जिम्बाब्बेका सिकन्दर राजा र अफगानिस्तानका मोहम्मद नाबीलाई समेत पछि पारेका छन् ।


ADVERTISEMENT

# # #


अन्तर्राष्ट्रिय टी–२० वरीयताको अलराउन्डरतर्फ इङ्ल्यान्डका लियाम लिभिङ्स्टोन पहिलो स्थानमा आसीन छन् । लिभिङस्टोनको दुई सय ५० अङ्क छ भने दीपेन्द्रको दुई सय ३० अङ्क रहेको छ ।

नेपाली खेलाडी कुशल मल्ल वरीयताको ४०औं स्थानमा छन् । उनी विगतको तुलनामा ६ स्थान तल झरेका हुन ।