काडमाडौँ – प्रहरीले बसको नक्कली टिकट बिक्री गरेको आरोपमा काठमाडौँको गंगबु बसपार्कबाट एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीय यज्ञराज पाण्डे रहेका छन् ।
उनलाई बिहीबार गोँगबु नयाँ बसपार्क टिकट काउन्टर नजिक अवैधानिक रूपमा नक्कल टिकट बनाई प्यासेन्जरलाई प्रलोभनमा पारेको आरोपमा पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजीपी किरण बज्राचार्यले हिमालय पोष्टलाई बताइन् ।
उनका अनुसार नक्कली टिकटको ठेली सहितपक्राउ परेका पाण्डेमाथि थप अनुसन्धान भइरहेको छ । प्रहरीले दशैँका लागि घर फर्किने यात्रुहरु नठगिउन् भनेर विभिन्न ठाउँमा हेल्प डेस्क सञ्चालनमा ल्याएको छ ।