राहुल गुप्ता, वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले अवैध रुपमा भित्रिएका ११ लाखभन्दा बढीको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बलले वीरगञ्ज महानगरपालिका–१६ ईनरवाबाट कुल ११ लाख ८७ हजार ३८७ लागतको अवैध सामाग्रीहरु बरामद गरेको हो ।
बीआर ०५ एएम ६५१५ नं को स्कुटर तथा अन्य विभिन्न सार्बजनिक सवारी साधनमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको अवूथामा नियन्त्रणमा लिइएका सामाग्रीहरुमा कपडा, जुत्ता, औषधि, मोटरपार्टस, कस्मेटिक एवम् किराना सामानहरु रहेका छन् ।
प्रहरीले उक्त सामाग्रीसहित नियन्त्रणमा लिइएको स्कुटर्र समेत वीररगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको सूचना अधिकारी नरेन्द्र सिंह धामीले जानकारी गराए ।


























































