काठमाडौँ– वरिष्ठ पर्यटन व्यवसायी एवम् समाजसेवी आङ छिरिङ शेर्पा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन् ।
आइतबार पर्यटन बोर्डस्थित आयोजित एक समारोहबीच उनलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।
सक्सेस मिडिया तथा यात्रा प्लसले प्रत्येक वर्ष आ–आफ्नो क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका विशिष्ट व्यक्ति एवम् संस्थाहरूका कार्यको सहरानीय गर्दै प्रत्येक वर्ष उनीहरुको सम्मान पुरस्कार वितरण गर्दै आएको छ । जसमध्ये चौथो संस्करणमा शेर्पा उक्त अवार्ड हात पार्न सफल भएका हुन् ।



























































