काठमाडौँ– दशैँसँगै उपत्यकाका शक्तिपीठहरु झिलिमिली बत्तीले सजिएका छन् ।
उपत्यकाका नक्साल भगवती मन्दिर, मैतीदेवी मन्दिर, कालिका स्थान लगायतका देवी मन्दिरहरु सजाइएको हो ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दशैँमा उपत्यकाका शक्तिपीठमा भक्तजनको घुईचो लाग्ने गर्दछ । रातीका समयमा बत्तीले सिँगारिएको मन्दिरको दृश्य निकै मनमोहक देखिने गरेको छ ।

































































