काठमाडौँ– प्राइम बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले हालै परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय दुःखद घटनामा बाढीपीडितहरुको तत्काल राहत सहयोगार्थ स्वरुप उक्त रकम हस्तान्तरण गरेको हो ।
सो रकम आज एक समारोहबीच बैंकका अध्यक्षराजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।


























































