काठमाडौँ– दशैंमा बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल छ । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि किनमेल गर्न उपभोक्ताहरुको चहलपहल देखिएको हो । तर व्यापारीहरुले भने विगतको तुलनामा व्यापार कम भएको गुनासो गरेका छन् ।


ADVERTISEMENT


काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्युरोड, महाबौद्ध, भोटाहिटी भृकुटीमण्डप लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरुको चहलपहल छ । व्यापारीहरुले बाढी पहिरो लगाएतका कारणले व्यापार कम भएको अनुमान गरेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुले कारोना महामारीपछि मुलुकको आर्थिक अवस्था कमजोर भएकाले पनि बजारमा त्यसको प्रभाव कम देखिएको जनाएका छन् ।