काठमाडौँ– बागमती प्रदेश युवा तथा खेलकुदमन्त्री यतिखेर राहत वितरणमा सक्रिय देखिएका छन् ।


ADVERTISEMENT


पितृशोकको बाबजुद मन्त्री महर्जन राहत वितरणमा सक्रिय देखिएका हुन् । गत ११ गते महर्जनका पिताको निमोनियाका कारण निधन भएको थियो । यद्यपि उनी पछिल्लो अविरल वर्षाका कारण ललितपुर जिल्ला क्षेत्र–१ मा भएको क्षतिग्रस्त स्थलमा बाढीपीडित परिवारलाई राहत वितरणमा लागिपरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा बाढीपहिरोका कारण मृत्यु भएका परिवारलाई प्रतीव्यक्ति १५ हजार दिने निर्णय गरेका छन् ।


ADVERTISEMENT

# # #


बाढीपहिरोले धेरै ठाउँमा सडक भत्किएको छ। घरहरु निकै पुरिनुका साथै धनजनको पनि निकै क्षति भएको छ। मन्त्री महर्जनले २०७२ सालको महामारी भुकम्पको बेलामा भुकम्प पीडित परिवारलाई आफ्नो ज्यान जोखिनमा राखी ललितपुर क्षेत्र– १ मा घरघरमा गएर राहत वितरण गरेका थिए ।

उक्त क्षेत्रको चापागाउँ माथी पुरै पहाडी क्षेत्र पर्दछ। त्यस्तै डाउनको बेलामा पनि निमुखा दुखी गरीब परिवारलाई २ महिना सम्म बिहान बेलुकी करिब २ सय जनालाई खाना खुवाउनुका साथै घरघरमा गएर राहत वितरण गरेका थिए। मन्त्री महर्जन ललितपुर जिल्ला निकै लोकप्रिय नेताका रुपमा परिचित छन् ।

केन्द्रिय सरकारले ललितपुरको गोदावरी नगरपालिका, बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र महाँकाल गाउँपालिकालाई बाढी पहिरोका कारण संकट ग्रस्त घोषणा गरिसकेको छ।