काठमाडौँ– चितवनकी दामन्ती थापाले सिजीको साना घरायसी सामाग्रीको दशैँ अफरमा १० ग्राम सुनको सिक्का जितेकी छन् ।
नेपालको अग्रणी ब्राण्ड सि.जी. स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले ल्याएको पर्व लक्षित अफरमा सिजीका साना घरायसी सामान खरिद गरि थापाले डिजिटल लक्कि ड्रमार्फत १० ग्रामको सुनको सिक्का जितेकी हुन् ।
यो अफर सिजी का साना घरायसी उपकरणहरुमा मात्र समावेश छन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सिजी का कुनै पनि साना किचन एप्लायन्स खरिद गरि बिज्ञापन वा सामान किनेको पसलमा दिइएका क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्नो बिबरण भरि समाबेस गर्नुपर्नेछ।
यो योजना सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ । यो अभियान भदौ २३ गतेबाट नेपालभर लागू गरिएको हो ।
नेपालकै नं १ र ठुलो ब्राण्ड सि.जी. प्रत्येक नेपालीहरुको मन जित्न सफल भएको छ । आफ्ना ग्राहकहरुलाई मध्यनजर गरि सि।जी। ले सि।जी। मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछ ।



























































