काठमाडौँ– सि. जी इलेक्ट्रोनिक्सले पछिल्लो बाढी पहिरोले क्षति पु¥याएका आफ्ना कम्पनीका इलेक्ट्रोनिक्सको निःशुल्क मर्मत एक्सचेज तथा गरिदिने भएको छ ।


ADVERTISEMENT


यसका लागि कम्पनीले ‘सहायता सेवा’ नामक एक मर्मत सहायता कार्यक्रम सञ्चालनमा ल्याएको छ। यसअन्तर्गत बाढी र पहिरोले क्षतिग्रस्त भएका वारेन्टी अवधि भित्र रहेका उपकरणहरूको निस्शुल्क मर्मत सेवा प्रदान गरिने बताइएको छ।


ADVERTISEMENT

# # #


यो अफर सि.जी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका एल. जी.सि. जी, गोदरेज , टिसीएल, बेको, सेन्सेइ, माईडिया, क्रोमटन, केन्ट ब्रान्डमा लागु हुने कम्पनीले जनाएको छ।

यस अभियानमा १००५ निःशुल्क सेवा शुल्क र निःशुल्क स्पेयर पार्ट्स उपलब्ध हुनेछ। साथै, ग्राहकहरूले आफ्ना क्षतिग्रस्त उपकरणहरू साटासाट गर्दा सर्वश्रेष्ठ मूल्याङ्कन पनि प्राप्त गर्न सक्नेछन्। कार्तिक ९ सम्म मान्य हुने यो सुविधाका लागि ग्राहकले उक्त अवधिभित्र आफ्नो समस्या दर्ता गराउनु पर्नेछ ।

दर्ताको एवम् थप जानकारीका लागि ग्राहकले १६६०–०१–००२११, ०१–५२५०२७७ हेल्पलाईनमा सम्पर्क गर्न सक्नेछन् ।