काठमाडौँ– सामान्यतयाः नेपालीहरु चाडपर्व भन्ने बित्तिकै माछामासु र अल्कोहोल समारोह विशेषको रुपमा लिन्छन् । जसले गर्दा शरीमा विभिन्न समस्या उत्पन्न गर्ने सम्भावना उच्च रहन्छ । तसर्थ हाम्रो खानपिनका कारण शरीरमा कुनैपनि समस्या नदेखियोस् भन्नका लागि सामान्यतयाः आर्युवेद चिकित्सा प्रणाली अन्र्तगत के भनिन्छ, भने, व्यक्तिले कुनैपनि आहारको सेवन ऋतुचर्याको आधारमा गर्नुपर्छ ।


ADVERTISEMENT


ऋतुचर्या भन्नाले ६ वटा ऋतुअनुरुप व्यक्तिको आहार निर्धारित रहनुपर्छ भन्ने बुझिन्छ । अर्थात्, हाल वर्ष ऋतु सकेर शरद ऋतु शुरुवाती हुने क्रममा छ । तसर्थ यस याममा शरीरमा प्राकृतिक रुपमा इन्जायम्स र हार्मोन्सको असन्तुलन एवम् गडबढि हुन पुग्छ र यसले पित्त प्रकोप (पित्तसम्बन्धिका विभिन्न समस्याहरु) निम्त्याउने सम्भावना उच्च रहन्छ । यसकारण पनि हामीले आफूमा यस्तो समस्या नदेखियोस् भन्नका लागि पर्व विशेषको रुपमा नभई शरीरलाई उपयोगी र फाइदा गर्ने गरी ऋतुचर्या रुपमा आहार सेवन गर्नुपर्छ ।
कस्ता खाना सेवन गर्ने त?


ADVERTISEMENT

# # #


माथि उल्लेख गरिएजस्तै हाल शरद ऋतुको याम रहेकोले यस समयमा पित्तलाई सर्पोट गर्ने किसिमको आहार गर्नुपर्छ । अर्थात्, यस समयमा पित्तरस प्रदान गर्ने –तितो, खासाहे (टर्रो) गुलियो किसिमका खानाहरु सेवन गर्नुपर्छ । जसले पित्तप्रकोप हुने सम्भावनालाई न्युन गराउन मद्दत गर्दछ । अर्थात्, यसका लागि निम्न खाद्यवस्तु आफ्नो आहारमासेवन गर्नुपर्छः

– घिरौला
– लौका
– पर्वल
– मुगंको दाल
– पुरानो चामल
– सख्खर
– अमला
– दूध
– जौं
– गहूँ आदि ।

यस्ता खानाले हाम्रो पाचन प्रणालीलाई समेत चुस्त गराउन मद्दत गर्दछ । यसै हाल कारोनाको सेरोफेरोमा जति पनि प्रतिरोध क्षमता प्रणालीको कुरा गरिन्छ, ती सम्र्पुण पाचन प्रणालीसंग सम्बन्धित रहेको छ । अर्थात्, कुनैपनि व्यक्तिले खाएको खाना समयमै पच्छ र सो व्यक्तिलाई समयमै भोक लाग्छ भने उक्त व्यक्तिको प्रतिरोध क्षमता चुस्त रहेको छ भन्ने कुरा बुझिन्छ । जसले व्यक्तिलाई भाइरल इन्फेक्शनबाट बच्न तथा बचाउन मद्दत गर्दछ ।

यसैगरि दशैंको सन्दर्भमा भन्नुपर्दा, अधिकांश व्यक्तिले दशैंमा अत्याधिक मसालेदार, चिल्लो र शरीरलाई आवश्यकभन्दा बढि खाना र जाडरक्सीको सेवन बढि गर्ने गर्छन् । जुन हालको ऋतुमा पूर्ण रुपमा वर्जित रहेको छ । तसर्थ व्यक्तिको यस्तो बानीले गर्दा एकातिर व्यक्तिको पाचन प्रणालीमा असर त गर्छ नै यसका साथै अर्कातर्फ यसले छाला, पाचन प्रणाली र अन्य विभिन्न शारीरिक समस्याहरु समेत निम्त्याउँछ । तसर्थ हामीले यस्ता समस्या ननिम्तयोस् भन्नका लागि के खाने? र के नखाने? भन्ने संगसंगै कसरी खानेरु भन्ने विषयमा पनि उत्तिकै ध्यान दिन आवश्यक रहेको छ । जुन निम्नानुसार, रहेको छः

– प्रत्येक दिन बिहानखाली पेटमा मनतातो पानी आधा गिलास सेवन गर्ने । र, खाना खाएको १÷२ घन्टापछि मात्रै आधा वा १ लिटर पानी पिउने ।
– खाना खादा आवश्यकभन्दा बढि वा इच्छा अनुसार नभई शरीरको क्षमता अनुरुप खाने । जस्तोः कुनै व्यक्तिलाई १ सय ग्राम खान इच्छा भए      सो व्यक्तिले ९० ग्राम मात्रै खाना उपभोग गर्ने ।
– चाडपर्वमा व्यक्तिको अरुको करमा अलिअलि मात्रै भएपनि खाना खाइरहने बानी हुन्छ । अझ माछामासुको सेवन नि गरिरहने हुन्छ । तसर्थ      सो खाना नपचेसम्म अर्को खाना नखाने ।
– भोक नलागेसम्म नखाने ।
– अल्कोहोलको सेवनबाट टाढै रहने
– कम चिल्लो र मसालेदार खानाको सेवन गर्ने
– खाएको खाना शरीरले राम्ररी पचाओस् भन्नका लागि नियमित शारीरिक व्यायाम गराउने
– र, शरीरमा केहि समस्या देखिए चिकित्सकको परामर्श लिने ।