काठमाडौँ– नाबालिगहरुलाई मनोरञ्जनस्थलमा प्रवेश गराउने व्यक्तिहरु पक्राउ परेका छन् ।
प्रहरीले काठमाडौँको ठमेल एरियामा रहेका डान्सबार, क्लब लगायतका मनोरन्जन स्थानहरुमा उमेर नपुगेका बालबालिकाहरुलाई प्रवेश तथा काममा लगाएका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ललितपुरका ३१ वर्षीय सनिप महर्जन तथा सुर्खेतका २९ वर्षीय सन्देश थापा रहेका छन् । उनीहरुमाथि सेनेट क्लब फायर डिस्को थेक क्लबमाउमेर नपुगेकालाई प्रवशे तथा कार्यमा लगाएको आरोप छ ।
उनीहरुलाई बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ बमोजिमको कसुरमा अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको छ ।