काठमाडौं- प्रधानमन्त्री बालेन शाहको सामाजिक सञ्जालमा आएको पछिल्लो अभिव्यक्तिले सत्तारूढ दलभित्रको सम्बन्धबारे नयाँ बहस सुरु भएको छ।


ADVERTISEMENT


शाहले ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन’ भन्दै स्टाटस लेखेपछि सरकार र पार्टीबीचको समन्वय तथा नेतृत्व तहमा देखिएको असन्तुष्टिबारे चर्चा चुलिएको हो।


ADVERTISEMENT

# # #


सरकारको कार्यशैलीप्रति सत्तारूढ दलकै सांसदहरूले प्रश्न उठाइरहेका बेला प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो। यसलाई कतिपयले सरकार सञ्चालनमा पार्टीको अपेक्षित सहयोग नपाएको संकेतका रूपमा समेत व्याख्या गरेका छन्।

पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीच महाधिवेशनयता मतभेद बढ्दै गएको चर्चा हुँदै आएको छ। सरकार सञ्चालनका विषयमा पार्टी र प्रधानमन्त्रीबीच फरक धारणा देखिन थालेपछि दुई पक्षबीचको दूरीबारे थप प्रश्न उठेको हो।

यद्यपि, प्रधानमन्त्री शाहले उक्त स्टाटस कुन विषय वा घटनालाई लक्षित गरेर लेखेका हुन् भन्ने स्पष्ट पारेका छैनन्। त्यसैले उनको अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक कोणबाट मात्रै विश्लेषण भइरहेको छ।

यसबीच सत्तारूढ दलका सांसदहरूले सरकारको कार्यशैलीमा सुधार र पार्टीसँग प्रभावकारी समन्वयको आवश्यकता औंल्याइरहेका छन्। प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र पार्टीभित्र देखिएको असन्तुष्टिले आगामी दिनमा सरकार–पार्टी सम्बन्ध कता जाने हो भन्ने चासो थप बढाएको छ।