काठमाडौँ– मााडवाडी सेवा समितिको विरोधकाबीच काठमाडौं महानगरले गौशालाको धर्मशालामा आफ्नो बोर्ड राखेको छ ।


ADVERTISEMENT


पशुपति क्षेत्र बिकास कोषले गौशालाको धर्मशाला सञ्चालनको जिम्मेवारी महानगरलाई हस्तान्तरण गरेको भन्दै बुधबार काठमाडौं महानगर प्रहरी बलले काठमाडौं महानगरपालिकाद्वारा सञ्चालिक गौशाला धर्मशाला लेखिएको बोर्ड राखेको हो ।


ADVERTISEMENT

# # #


गौशाला धर्मशाला सञ्चालनका लागि पुगेको महानगरको टोलीले यसअघि सञ्चालक रहेको माडवाडी सेवा समितिका सदस्यहरुलाई बलपूर्वक हटाएको थियो । सो क्रममा केहिबेर माडवाडी सेवा समिति र काठमाडौं महानगरप्रहरीहरुबीच घम्साघम्सी समेत भएको थियो ।

समितिले भने अदालतमा बिचाराधीन मुद्दाको अन्तिम किनारा नलागेसम्म न्यायिक अधिकार सुरक्षित हुनुपर्ने भन्दै प्रदर्शन गरेको थियो । नगरप्रहरी बलका प्रमुख राजु पाण्डेले पशुपति क्षेत्र बिकास कोषसंग धर्मशाला सञ्चालन गर्ने सम्झौता भएकाले आफुहरु आएको बताए ।

काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहत आएको थियो । त्यसलगतै कोष र काठमाडौँ महानगरपालिकाबिच पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा सातबुँदे सहमति भएको हो ।