काठमाडौँ– बालुवाटारमा बसेको तीन शीर्ष नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनबारे छलफल भएको छ ।
शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन बसेको प्रधानमन्त्री केपी शर्मा ओली सहित कांग्रेसका सभापति शेर बहादुर देउवा एवम् माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन ती आयोग गठनबारे सकरात्मक छलफल भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए ।
‘आयोग गठन गर्नेबारे छलफल भयो । छलफल सकारात्मक भएको छ । तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठन गर्ने कुरा भएको छ । एक/दुई दिन भित्रमा सर्च कमिटी गठन भएपछि आयोग गठन हुन्छ’, उनले भने ।
बैठकमा शीर्ष नेतासहित गृहमन्त्री रमेश लेखक, माओवादीबाट शक्ति बस्नेत र महान्यायाधिवक्ता रमेश बडाल समेत सहभागी थिए ।



























































