काठमाडौँ– सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
इन्स्योरेन्सले नेपालको पूर्वी र मध्य भागमा परेकोे अविरल वर्षाको कारण आएको बाढी पहिरोले ठूलो मात्रामा जनधनको क्षती भएको र यस विषम् परिस्थितिमा प्रभावित जनसमुदायलाई सहयोग गर्न कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उद्दार कोषलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
एक समारोहबीच इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष सुरेशलाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गरे । समारोहमा इन्स्योरेन्सका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।



























































