काठमाडौँ – काठमाडौँमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत श्रीलंकाविरुद्धको खेलको पहिलो हाफमा नेपालले ४–० को अग्रता कायम गरेको छ ।


ADVERTISEMENT


बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलेको पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले २ तथा सविता राना मगर र सावित्रा भण्डारी साम्बाले १–१ गोल गरेका हुन्।


ADVERTISEMENT

# # #


खेलको आठौं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । त्यसपछि जारी प्रतियोगिताको पहिलो खेल खेलेकी साबित्राले ११औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । यस्तै १३औँ मिनेटमा रेखाले गोल गर्दै नेपालको अग्रता ३–० बनाइन् । यस्तै खेलको ३६औं मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपालले पहिलो हाफमा ४–० को अग्रता बनाएको हो ।

७ राष्ट्र सम्मिलित च्याम्पियनसिपको समूह ‘बी’मा रहेको दोस्रो स्थानमा छ । नेपालले २ खेलमा १ जित र १ बराबरीसहित ४ अंक बटुलेको छ । यस्तै ३ खेलमा २ जितसहित ७ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

श्रीलंकाले २ खेलमा १ जित र १ हारसहित ३ अंक ल्याएको छ भने माल्दिभ्स २ खेलमा दुबै हार व्यहोर्दा अंकविहीन हुँदै चौथो स्थानमा ररहँदै प्रतियोगिताबाट बाहिरिएको छ । यता समूह ‘ए’मा भारत १ खेलमा १ जितसहित ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने बंगलादेश र पाकिस्तान १ खेल बराबरी खेल्दै समान १–१ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

नेपालले श्रीलंकाविरुद्ध गोल नखाई अर्को गोल थपेमा समूह विजेताका रुपमा सेमिफाइनल पुग्नेछ । जहाँ नेपालले समूह ‘ए’को उपविजेता भारतसँग सेमिफाइनलमा भिड्नेछ । नेपालले प्रतियोगितामा उपाधि जित्ने लक्ष्य राखेको छ ।