काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले कार्तिक २५ गतेदेखि संयुक्त सङ्घीय जलवायु परिवर्तन (कोप)सम्बन्धी सम्मेलनमा भाग लिन अजरबैजानको बाकु जाने भएका छन् ।


ADVERTISEMENT


मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले कार्तिक २५ देखि ३० गतेसम्म बाकुमा हुने संयुक्त सङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलनमा भाग लिन राष्ट्रपतिको भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकले नेपाल सरकार र भारतीय एक्जिम बैंकबीच भएको ऋण सम्झौता अनुसार एलओसी दुइ र एलओसी ४ को लाइन अफ क्रेडिट संशोधन गरी क्रमश ३५० मिलियन डलर र ५० मिलियन डलर कायम गर्न अर्थमन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ भने नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पति खोजविन समितिको म्याद दुई महिना थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता गुरुङले बताए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले सम्पति शुद्धिकरण निवारण नियमावली २०८१ स्वीकृत गर्ने र विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।