काठमाडौँ – नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले आम निर्वाचनमा पार्टीलाई बलियो बनाउनका लागि स्थानीय तहबाटै बलियो बनेर आउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै बस्तेले स्थानीय र प्रदेशमा पार्टीले चुनाव जिते केन्द्रमा चुनाव जित्न सहज हुने भएकाले पार्टीलाई स्थानीय तहदेखि नै बलियो बनाउनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


यसअघिको निर्वाचनमा स्थानीय र प्रदेश तहमा कांग्रेसले जितेका ठाँउमा संघीय चुनावमा पार्टीलाई चुनाव जित्न सहज भएको उनले बताए । बस्नेतले पार्टीको सैद्धान्तिक र वैचारिक विचारका साथै काम गरेर देखाउन सके जनताले विश्वास गर्ने बताए । आफू निरन्तर जनताको सेवामा लागेका कारण चुनावमा पनि जनताले साथ दिने गरेको उनले बताए ।

त्यस्तै उनले पार्टीमा अन्तर्घात वा आफ्नै उम्मेद्वारलाई हराउने प्रयास भए पार्टी नै कमजोर हुने जिकिर गरे । आफ्नो जिल्लामा सरकारले नै गर्न नसक्ने काम आफुले गरेको उनले दाबी गरे ।