काठमाडौँ – डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बनेका छन् । अमेरिकाको ४७औँ राष्ट्रपति बनेका ट्रम्पको यो जित ऐतिहासिक हो । किनभने अमेरिकी इतिहासमा राष्ट्रपति चुनाव हारेपछि ह्वाइट हाउस फर्केको यो दोस्रो पटक उदाहरण हो।
अर्कोतर्फ अमेरिकामा अहिलेसम्म कुनै महिला राष्ट्रपति बन्न सकेको छैन र कमला ह्यारिस पनि यो परम्परा तोड्न असफल भइन् ।
राष्ट्रपतिको रूपमा ट्रम्पको पहिलो कार्यकाल अराजकता र आलोचनाको साथ समाप्त भएको थियो । यहाँसम्म कि उनको आफ्नै रिपब्लिकन पार्टीका धेरै नेताहरूले पनि ट्रम्पको आलोचना गरेका थिए।
सन् २०२० मा डोनाल्ड ट्रम्पले जो बाइडेनसँग चुनाव हारेपछि उनको राजनीतिक करियर समाप्त भएको अड्कल काटिन्थ्यो । तर, ट्रम्पले यसरी पुनरागमन गरेका छन् कि ती सबै अड्कलहरु मिथ्या साबित भएका छन् ।
ब्रायन लान्जा डोनाल्ड ट्रम्पको पहिलो पटक २०१६ मा राष्ट्रपतिको चुनावी अभियान सुरु गरेदेखि नै उनका राजनीतिक सल्लाहकार थिए। ट्रम्पको बारेमा ब्रायन भन्छन्, ‘उनी हार्छन् र दोब्बर बलियो इच्छाशक्तिका साथ फेरि उठ्छन्। उनको जितले मलाई अचम्म लागेको छैन ।’
७८ वर्षीय पूर्व राष्ट्रपति ट्रम्प राजनीतिक रूपमा अभेद्य व्यक्तिको रूपमा ह्वाइट हाउसमा फर्किनेछन्। यसपटक उनको आफ्नै विस्तारित एजेन्डा हुनेछ र वफादार र समर्थकहरूको ठूलो फौज पनि उनीसँग हुनेछ।
संसदमा हमलादेखि समर्थकबाट बहिष्कृतसम्म
चार वर्षअघि डोनाल्ड ट्रम्प हारेको जस्तो देखिन्थे। उनको प्रतिद्वन्द्वी डेमोक्र्याटिक पार्टीका बाइडेनले उनलाई २०२० को राष्ट्रपति चुनावमा ठूलो मतान्तरले पराजित गरेका थिए। अदालतले उक्त चुनावको नतिजालाई चुनौती दिने ट्रम्पको प्रयासलाई अस्वीकार गरेको थियो।
अन्तिम उपायको रूपमा, उनले आफ्ना समर्थकहरूको र्याली बोलाए, जसमा उनले समर्थकहरूलाई अमेरिकी संसदमा हमला गर्न निर्देशन दिएका थिए । जब कि उक्त समयमा त्यहाँ बसेका सांसदहरूले राष्ट्रपति चुनावको परिणाम प्रमाणित गरिरहेका थिए।
ट्रम्प समर्थक भीडको यो आक्रमणमा सयौं सुरक्षाकर्मी घाइते भएका थिए। यसको विरोधमा ट्रम्प प्रशासनका धेरै अधिकारीहरूले आफ्नो पद र उनको समर्थन छोडे।
यसमा शिक्षा मन्त्री बेट्सी डेभोस र यातायात मन्त्री इलेन चाओ सामेल थिए। राष्ट्रपतिलाई पठाएको राजीनामा पत्रमा बेट्सीले लेखेकी थिइन्, ‘तपाईंको नाटकीय बयानले यो अवस्था सिर्जना गरेकोमा कुनै शंका छैन र यो मेरो लागि निर्णयको क्षण हो ।’
यहाँसम्म कि दक्षिण क्यारोलिनाका रिपब्लिकन सिनेटर र ट्रम्पका नजिकका सहयोगी लिन्डसे ग्राहमले पनि तत्कालीन राष्ट्रपतिलाई छोडेका थिए। लिन्डसे ग्राहमले अमेरिकी सिनेटमा भने, ‘भयो, पुग्यो । अब म यति गर्नुसक्छु कि तपाईका समर्थकहरूको सूची मुक्ति दिनुहोस् ।’ ट्रम्पबाट आफूलाई टाढा राख्ने यो अभियान अमेरिकाको उद्योगसम्म फैलियो।
अमेरिकी एक्सप्रेस, माइक्रोसफ्ट, नाइके र वालग्रीन्स जस्ता दर्जनौं ठूला कम्पनीहरूले घोषणा गरे कि उनीहरूले रिपब्लिकन पार्टीलाई आफ्नो समर्थन निलम्बन गरिरहेका छन् किनभने पार्टीले २०२० को राष्ट्रपति चुनावको नतिजालाई चुनौती दिएको छ।
ट्रम्पबाट आफूलाई टाढा राख्ने यो अभियान अमेरिकाको उद्योगसम्म फैलियो। अमेरिकी एक्सप्रेस, माइक्रोसफ्ट, नाइके र वालग्रीन्स जस्ता दर्जनौं ठूला कम्पनीहरूले घोषणा गरे कि उनीहरूले रिपब्लिकन पार्टीलाई आफ्नो समर्थन निलम्बन गरेका छन्, किनभने पार्टीले २०२० को राष्ट्रपति चुनावको नतिजालाई चुनौती दिएको छ।
बाइडेनको शथप ग्रहण समारोह बहिष्कार
बाइडेनले सपथ लिने दिन अमेरिकी राजनीतिक इतिहासको १५२ वर्ष पुरानो परम्परा तोड्दै ट्रम्पले सपथ ग्रहण समारोहमा उपस्थित हुन अस्वीकार गरे र बिहान सबेरै ह्वाइट हाउस छाडेर लागोसमा आफ्नो निजी क्लबको लागि उडे । ट्रम्पसँगै उनका परिवारका सदस्य र केही नजिकका सहयोगीहरू पनि थिए।
ह्वाइट हाउसबाट बाहिरिएपछि ट्रम्पको जीवनमा ‘ट्रम्प इन एक्साइल’ नामक पुस्तक लेख्ने मेरिडिथ म्याकग्राका अनुसार ह्वाइट हाउसलाई बिदाइ गर्ने क्रममा ट्रम्प निकै चिढिएका थिए
मेरिडिथले भने, ‘उनी धेरै क्रोधित थिए। उनी निराश थिए। उनलाई आफ्नो समय कसरी बिताउने भन्ने थाहा थिएन र उनको राजनीतिक भविष्यको लागि कुनै योजना थिएन।’
त्यस क्रममा अमेरिकी सञ्चारमाध्यममा चलिरहेको चर्चाले पनि ट्रम्पको भविष्यबारे अनिश्चितता झल्काएको थियो ।
चुनावमा स्पष्ट पराजय र त्यसपछि अमेरिकी संसदमा भएको अराजकतापछि सञ्चारमाध्यममा केही व्यक्तिले आफ्नो कडा राय पनि व्यक्त गर्दै अब ट्रम्पको अमेरिकी राजनीतिमा फर्किने ढोका बन्द भएको बताएका थिए ।
जनवरी २०२१ मा न्यूयोर्क टाइम्समा प्रकाशित एउटा लेखको उपशीर्षक थियो : ‘एउटा डरलाग्दो प्रयोग अब सकियो ‘ । यस लेखको शीर्षक अझ स्पष्ट थियो : ‘राष्ट्रपति डोनाल्ड जे ट्रम्प : एक अन्त्य।’
तर, बाइडेनको शपथ ग्रहण समारोह अघि नै बाहिरिने क्रममा ट्रम्पले संकेत दिएका थिए कि अब के हुनेवाला छ । मेरिल्याण्डको एयर फोर्स बेसबाट बाहिरिने क्रममा ट्रम्पले आफ्ना समर्थकहरुलाई भनेका थिए, ‘म तपाईंहरुलाई माया गर्छु । हामी कुनै न कुनै रुपमा फिर्ता हुनेछौँ ।’ यो बीचमा ट्रम्पले आफ्नै राजनीतिक पार्टी रिपब्लिकन विभाजन गर्ने हल्ला फैलियो । यद्दपि उक्त कुरा हल्लामै सीमित भयो ।
उम्मेदवार बन्न ट्रम्पको संघर्ष
ट्रम्पको राष्ट्रपतीय चुनावी अभियानको सुरुवात यस्तो खराब थियो कि उनले गलत समयमा सुरु गरेका थिए ।
मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको खराब प्रदर्शनपछि ट्रम्पले आफ्नो राष्ट्रपति अभियान सुरु गर्दा, धेरै मानिसहरूले पूर्व राष्ट्रपतिले आफ्नो राजनीतिक बुद्धि गुमाए कि भनेर प्रश्न उठाए।
ट्रम्पले आफ्नो उम्मेदवारी घोषणा गरेको मार–ए–लागो क्लबको शान्त वातावरणले उनको चुनावी अभियानलाई वर्तमान राजनीतिक यथार्थताको बारेमा पूर्णतया अनभिज्ञ जस्तो लाग्यो। यसपछि ट्रम्प जति पनि चर्चामा आए, गलत कारणले नै आए ।
चाहे ती प्रख्यात गोरा राष्ट्रवादी निक फ्युएन्टेससँग मार–ए–लागोमा रात्रिभोज गर्ने हुन्, वा सामाजिक सञ्जालमा लेखेका भनाईहरु–‘अमेरिकी संविधानका नियमहरू ‘अन्त्य गरिनुपर्छ’ ताकि आफूलाई राष्ट्रपति पदमा पुनर्स्थापित गर्न सकोस्।’ ट्रम्प सँधै आलोचनाको शिकार बने ।
मेरिडिथ म्याकग्रा भन्छिन्, ‘नयाँ वर्षको उत्सव पछिको अवधि ट्रम्पको अभियानका लागि निकै अन्धकारमय थियो।’ रिपब्लिकन पार्टीका नेताहरू ट्रम्पको बारेमा चिन्तित थिए।
यद्यपि, पर्दा पछाडि ट्रम्पले चुपचाप आफ्नो चुनावी अभियानका कर्मचारीहरूलाई पुनर्स्थापित गरिरहेका थिए। सन् २०१६ र २०२० जस्तो नभई यसपटक उनले निर्वाचन अभियानको कमाण्ड अनुभवी राजनीतिक व्यक्तित्वलाई दिएका थिए ।
त्यसबेला रिपब्लिकन पार्टीका अन्य नेताहरूले गभर्नर रोनडिसेन्टिसप्रति सम्मान व्यक्त गरिरहेका थिए, जबकी ट्रम्पले खुलेरै आक्रमण गरेर उनलाई अपमानित गर्ने प्रयास गरेका थिए।
ब्रायन लान्जा भन्छन्, ‘सबैले सोचिरहेका थिए कि रोन डिसेन्टिस राजनीतिको यस्तो शिखरमा छन् कि उनलाई तल ल्याउन सकिँदैन। तर, ट्रम्पले डिसेन्टिसको चर्चालाई धुजा–धुजा पारिदिए।’
चुनावी अभियानका लागि करिब २०० मिलियन डलर कोष जुटाइए पनि जनवरी २०२४ को आयोवा राज्यको प्राथमिक चुनावमा रोन डिसेन्टिस ट्रम्पभन्दा धेरै पछि परे र उम्मेदवार बन्ने दौडबाट बाहिरए।
न्यु ह्याम्पशायरमा ट्रम्पले साउथ क्यारोलिनाका पूर्व गभर्नर निक्की हेलीलाई सजिलै पराजित गर्दा रिपब्लिकन पार्टीभित्र राष्ट्रपतिको उम्मेदवार बन्ने दौड लगभग सकिएको थियो । ट्रम्प लगातार तेस्रो पटक राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार बने ।
मुद्दा, चुनौती र विजय
अदालतमा ट्रम्पको विरुद्धमा जे पनि भइरहेको थियो सायद उनको लागि वरदान साबित भयो। तर, यसका कारण उनको चुनावी प्रतिस्पर्धा बारम्बार प्रश्न उठ्यो ।
मे २०२४ मा, म्यानहट्टन अदालतले ट्रम्पलाई ३४ ठूला अपराधमा दोषी ठहर गरेको थियो। जसमा एडल्ट फिल्म स्टार स्टर्मी डेनियललाई उनको मुख बन्द राख्ने बदलामा दिएको पैसाको मुद्दा पनि समावेश थियो।
तर, ट्रम्पलाई अदालतबाट हरेक चोटि झटका लाग्दा कुनै न कुनै रूपमा ठूलो सफलता मिल्यो । उनको सजाय निर्वाचनपछिसम्मका लागि स्थगित गरियो ।
फ्लोरिडामा सरकारी कागजातहरू लुकाउने मुद्दा खारेज गरियो र अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपतिको रूपमा ट्रम्पले आधिकारिक रूपमा जे कदम चालेका छन्, त्यसमा कुनै मुद्दा चलाउन नसकिने निर्णय गर्यो।
यसैबीच, पार्टीमा उम्मेदवारीको लडाइँ जितिसकेपछि अदालतबाहिर ट्रम्पको चुनावी अभियान तिब्र गतिमा बढिरहेको थियो । गत जुनमा ट्रम्पसँगको चुनावी बहसमा बाइडेनले जसरी अड्कीअड्की जवाफ दिए, त्यसले डेमोक्र्याटिक पार्टीभित्र डर फैलियो।
ट्रम्पको अप्रुभल रेटिङहरू लगातार नयाँ उचाइहरू छुँदै थिए र उनले बाइडेनलाई निकै पछि पारेका थिए ।
त्यही बेला जुलाईमा पेन्सिल्भेनियामा एक व्यक्तिको गोलीबाट बालबाल जोगिएको एक दिनपछि मिलवाकीमा रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा ट्रम्प आफ्ना समर्थकहरूको हुटिङको बीचमा विजेताको रूपमा आइपुगे।
मेरिडिथ म्याकग्राका अनुसार, ‘त्यस अधिवेशनमा हामीले रिपब्लिकन पार्टी पूर्ण रूपमा एकजुट भएको देख्यौं। तिउनीहरू धेरै विश्वस्त थिए ।’
टेस्लाका प्रमुख र विश्वकै धनी व्यक्ति एलोन मस्कले सार्वजनिक रूपमा ट्रम्पलाई समर्थन गर्ने घोषणा गरे र निकट प्रतिस्पर्धामा रहेका राज्यहरूमा ट्रम्पको समर्थनमा कोष जुटाउन ठूलो अभियान चलाउन थाले।
त्यसबेला यस्तो लाग्थ्यो कि जनवरी ६ को रसातलबाट ट्रम्पको अमेरिकी शक्तिको शीर्ष स्थानमा फर्कने लगभग निश्चित भइसकेको छ । ट्रम्पको अभियानले पहिले रोन डिसेन्टिस र अन्य रिपब्लिकन पार्टीका उम्मेदवारहरूलाई हराएको थियो र अब उनी बाइडेन र डेमोक्र्याटिक पार्टीलाई हराउन तयार देखिरहेका थिए ।
तर, ट्रम्पले औपचारिक रूपमा रिपब्लिकन पार्टीको उम्मेदवारी स्वीकार गरेको तीन दिनपछि बाइडेन राष्ट्रपति चुनावको मैदानबाट पछि हटे उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो समर्थन घोषणा गरे।
केही हप्ता भित्र ह्यारिसले आफ्नो पार्टीलाई आफ्नो पछाडि एकजुट गरिन् र डेमोक्र्याटिक पार्टीका समर्थकहरूमा नयाँ उत्साह जगाइन् । रोमाञ्चक प्रतिस्पर्धा भएका धेरै राज्यहरूमा पनि उनी ट्रम्पभन्दा अगाडि निक्लिइन् । सेप्टेम्बरमा कमला ह्यारिससँग टिभी बहसमा ट्रम्पको प्रदर्शन निराशाजनक भयो ।
यसबाहेक ट्रम्पलाई आफ्नो चुनावी अभियानलाई नयाँ प्रतिद्वन्द्वी अनुसार नयाँ दिशा दिन पनि गाह्रो भइरहेको थियो । किनभने कमला ह्यारिसका बलियो पक्ष र कमजोरीहरू पक्कै पनि बाइडेनभन्दा फरक थिए ।
चुनावको दिन नजिकिंदै जाँदा ट्रम्पको अग्रता घट्दै गइरहेको थियो र ट्रम्पले के गर्ने भनेर सोच्न नसकेको जस्तो देखिन्थ्यो। राष्ट्रपतिको चुनावको दौड फेरि त्यही चरणमा पुगेको थियो, जुन वर्षको सुरुवातमा थियो । जसमा कुनै पनि उम्मेदवारले जित्न सक्ने सम्भावना देखिन्थ्यो । ट्रम्पको चुनावी अभियान जो बाइडेनको उमेर र कमजोरीलाई खिल्ली उडाउने कुरामा केन्द्रित थियो। तर, अब उनलाई आफ्नै उमेरबारे सफाइ दिनुपर्ने अवस्था थियो ।
ट्रम्प चार दशकभन्दा बढी समयदेखि सार्वजनिक जीवनमा छन्। उनी थाकेका छैनन् जस्तो लाग्थ्यो। तर, राष्ट्रपतिको रूपमा आफ्नो कार्यकालको चार वर्षलाई अगाडि हेर्दा ट्रम्प थकित र कमजोर देखिन थालेका छन् कि भनेर प्रश्न पनि उठेका थिए ।
एजेण्डा बदल्लान् ट्रम्प ?
राजनीतिमा ट्रम्पको यो बलियो पुनरागमन उनको ठूलो उपलब्धि हो । उनी ह्वाइट हाउसमा राष्ट्रपतिको रूपमा प्रवेश गर्नेछन् जसले कानुनी, राजनीतिक र स्व–निर्मित अवरोधहरू पार गरेका छन् जुन यसअघिका केही राष्ट्रपतिहरूले मात्र सामना गरेका थिए।
आफ्नो हातमा सत्ताको लगाम र फेरि मतदाताहरूको सामना गर्ने डरबाट मुक्त भएपछि ट्रम्पले ती कानुनी अवरोधहरूलाई सजिलै हटाउन सक्षम हुनेछन्। आफ्नो पहिलो कार्यकालको विपरीत, ट्रम्प यस्ता सल्लाहकारहरू र अधिकारीहरूका साग व्हाइट हाउसमा प्रवेश गर्नेछन् जो पूर्ण रूपमा उनीप्रति वफादार हुनेछन्।
यदि उनले केन्द्रीय नोकरशाहीलाई नाटकीय रूपमा पुनर्गठन गर्ने आफ्नो इरादा कार्यान्वयन गरे भने अमेरिकाका धेरै निजामती सेवा कर्मचारीहरूलाई राजनीतिक समर्थकहरूले प्रतिस्थापन गर्नेछन्।
ट्रम्पले राष्ट्रपतिको विद्यमान शक्तिलाई आप्रवासीमाथि नयाँ प्रतिबन्ध लगाउन र हजारौं गैरकागजातविहीन आप्रवासीहरूलाई देशबाट निकाल्न प्रयोग गर्न सक्छन्। यसबाहेक ट्रम्पले अमेरिकी नागरिकको रोजगारी सुरक्षित हुने गरी व्यापारिक कर लगाउन सक्छन् । तर, यसले आयातित सामानको मूल्य बढाउन सक्छ ।
डेमोक्र्याटिक पार्टीका नेताहरूले ट्रम्प फेरि सत्तामा आएपछि उनको कार्यकाल ‘बेलगाम’ हुने र ट्रम्पलाई धेरै खतरनाक प्रस्तावहरू कार्यान्वयन गर्नबाट रोक्न नसकिने चेतावनी दिएका छन्।
योसँगै ट्रम्पको छविमा रंगिएको रिपब्लिकन पार्टीले यसपटक पहिलो कार्यकालमा भोग्नुपरेको आन्तरिक प्रतिरोध बिना नै ट्रम्पले आफ्नो एजेन्डालाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्न सक्ने आशा राखेको छ ।
यस पटक, राष्ट्रपति बनेपछि, ट्रम्पले अमेरिकी सरकारलाई यसरी मौलिक रूपमा परिवर्तन गर्नेछन् कि यसले अमेरिकाका धेरै भावी पुस्ताहरूलाई असर गर्न सक्छ।
– एजेन्सी