भैरहवा (रूपन्देही)– रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता भएका छन् ।


ADVERTISEMENT


 

लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलास्थित दानव नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो डुबेर बालकहरु बेपत्ता भएका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बेपत्ता हुनेमा लुम्बिनी सांस्कृतिक–२ का १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र  १२ वर्षीय मन्नु हरिजन रहेका छन् । बेपत्ता बालकहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थाीयवासीले खोजी गरिरहेका प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।