मोरङ – प्रहरीले मोरङका विभिन्न ठाउँमा जुवातास खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


विराटनगर महानगरपालिका–६ भट्टिमोड बस्ने बिशाल देवान राईको घरमा जुवातास खेलिरहेको अवस्थामा बिराटनगर महानगरपालिका-२ बस्ने ३६ वर्षीय बिमल मण्डल समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ७ सय १० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, कटहरी गाउँपालिका–२ स्थित प्रभु कुमार साहको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-२ बस्ने ३२ वर्षीय सरोज ठाकुर समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १९ हजार ५ सय नेपाली रूपैयाँ, ४ हजार ६ सय भारतीय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएइको छ ।