काठमाडौँ– उदाउँदो सूर्यलाई अघ्र्य दिएसंगै छठ पर्व विधिपूर्वक समापन भएको छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन शुक्रबार बिहान महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो ।
पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।
लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको किम्वदन्ती रहेको छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।

छठ पर्वको अवसरमा शुक्रबार बिहान ब्रतालुहरुले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित लबकी पोखरीमा उदाउँदो सूर्यलाई अर्घ दिँदै । तस्बिर : निरंजनकुमार साह / रासस

छठ पर्वका अवसरमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका-४ बडसारमा उदाउँदो सुर्यलाई अर्घ्य दिँदै ब्रतालुहरू । तस्बिर ः अनिल यादव/ रासस

छठ पर्वका अवसरमा सर्लाहीको मलङ्गवा नगरपालिका–४ स्थित शिबसागर पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै ब्रतालुहरु । तस्बिर: विश्वनाथ ठाकुर/ रासस

छठ पर्वका लागि गरेको भाकल अनुसार दण्डवत गरी घिस्रिएर शुक्रबार बिहान विराटनगर –१२ स्थित पिछराको नहरमा उदाँउदो सूर्यलाई अर्घ्य दिन जाँदै गर्नुभएकी व्रतालु महिला । तस्बिर ःमनोज दाहाल / रासस

सप्तरीको राजविराज नगरपालिका-३ स्थित कल्टुपोखरीमा शुक्रबार बिहान छठ पर्वको अवसरमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु । तस्बिरः अरुणकुमार यादव÷रासस

कमलपोखरीमा छठ पर्वका अवसरमा शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु । तस्बिर : हरिराम भेटुवाल / रासस

छठ पर्वका अवसरमा गोैरीघाटमा शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु । तस्बिर : चन्द्रकला क्षेत्री / रासस

छठ पर्वका अवसरमा गोैरीघाटमा शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु । तस्बिर : चन्द्रकला क्षेत्री / रासस

झापाको भद्रपुर नगरपालिका–५ स्थित मेची नदीमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजनहरु । तस्बिर ः सन्तोष शर्मा÷रासस

छठ पर्वको अन्तिम दिन शुक्रबार बिहान भक्तपुरको कमलपोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु । तस्बिर : रत्न श्रेष्ठ / रासस

छठ पर्वका अवसरमा शुक्रबार बिहान चितवनको नारायणगढस्थित नारायणी नदीमा उदाउँदो सूर्यलाइ अर्घ्य दिँदै व्रतालु । तस्बिरः सनद अधिकारी÷रासस

छठ पर्वका अवसरमा दाङको घोराही उपमहानगरपालिका९ १४ स्थित कटुवाखोला किनारमा बनाएको छठघाटमा शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसिलगायत । तस्बिर : कुलदीप न्यौपाने/ रासस

रौतहटको चन्द्रपु्र ५ मा रहेको चाँदी छठघाटमा शुक्रबार बिहान उदाउँदो सूर्यलाइ अर्घ्य दिँदै व्रतालुहरु । तस्बिर ः रमेश तिमलसिना / रासस































































