काठमाडौँ – कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ ।
आइतबार विराटनगरस्थित निवासबाटै पक्राउ परेका अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको हो । विमानस्थलबाट प्रहरीले अधिकारीलाई काठमाडौं प्रहरी परिसर लगेको छ ।
अधिकारीमाथि पदको दुरुपयोग गर्दै गैरकानुनी तरिकाले केहि व्यक्तिहरु जापान पुराउन खोजेको आरोप छ ।