काठमाडौँ – सामसुङले नयाँ किफायती मिडरेन्ज स्मार्टफोन ग्यालेक्सी ए१६ ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ । ६ वर्षको सफ्टवेयर सपोर्ट, सिक्नेचर ‘की आईल्याण्ड’ सहितको प्रिमियम ग्यालेक्सी ए–सिरीज डिजाइनसहितको फोन हालै नेपाली बजारमा सार्वजनिक गरिएको हो ।
उक्त फोनमा आईपी ५४ रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टमको विशेषता रहेका छन् । सामसङले नेपाली उपभोक्ताहरूका लागि नवीन अनुभवहरू ल्याउँदै जीवन्त, प्राविधिक ज्ञान भएका समुदायहरूसँग संलग्न रहन जारी राखेको छ ।
ग्यालेक्सी ए१६ ६जी लोकप्रिय गायक वाङ्देन शेर्पासँग नोभेम्बर ९ मा सिल्भर ओक बैंक्वेटमा ओटाकु जात्रामा सार्वजनिक गरिएको थियो । सो अवसरमा सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “अफ्नो सेग्मेन्टमा ६ पुस्ताको ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेटहरू उपलब्ध गराएर ग्यालेक्सी ए१६ ६जी ले भ्याल्यु प्रपोजिसनलाई पुनः परिभाषित गर्न प्रयोगकर्ताहरूलाई लामो समयसम्म नवीनतम सुविधाहरूको आनन्द लिन सक्षम बनाउँदै मिड–रेन्ज स्मार्टफोनहरूमा अतुलनीय अनुभव प्रदान गर्न तयार छ ।”
सामसुङले ग्यालेक्सी ए१६ ५जी लाई ग्यालेक्सी ए–सिरिजको सबैभन्दा पातलो मिड–रेन्ज उपकरणको रूपमा प्रस्तुत गरेको छ, जसको मोटाई मात्र ७.९ एमएम रहेको छ । यसको पातलो, स्लिम डिजाइनले गर्दा प्रयोगकर्ताले यसलाई यसलाई आरामसँग सजिलै समात्न सक्छन् । ग्यालेक्सी ए१६ ६जी ले प्रिमियम फिनिश र विशिष्ट ‘की आइल्याण्ड’ फ्रेमको साथ ग्लासस्टिक ब्याक प्यानलको सुविधा दिन्छ, जहाँ साइड–माउन्ट गरिएका बटनहरू सजिलो पहुँचको लागि हल्का रूपमा उठाइएको फ्रेममा राखिएका छन् । स्थायित्वका लागि निर्मित ग्यालेक्सी ए१६ ६जी ले आईपी ५४ रेटिङ पनि राख्छ, जसले दैनिक सुरक्षाको लागि भरपर्दोरुपमा धुलो र पानी प्रतिरोध प्रदान गर्दछ ।
कम्पनीका अनुसार शक्तिशाली ५० मेगापिक्सेल प्राथमिक क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा र २ मेगापिक्सेल म्याक्रो क्यामेराले सुसज्जित, ग्यालेक्सी ए१६ ५जी ले क्रीस्प र विस्तृत तस्बिरहरू खिच्दछ, जबकि १३ मेगापिक्सेल फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलहरुको स्तरलाई बढाउँछ । फोनमा ६.७ इन्च फुल एचडी+ सुपर एमोलेड डिस्प्लेको साथमा ९०हर्ज रिफ्रेस रेट, एवं माइक्रे एसडी मार्फत १ टीबीसम्म विस्तार गर्न सकिने स्टोरेज रहेको छ ।
हुड अन्तर्गत, ग्यालेक्सी ए१६ ५जी मिडियाटेक डी६३०० द्वारा संचालित छ, जसले गेमिङ, स्ट्रिमिङ र सामग्री साझेदारीको लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्दछ । शक्तिशाली ५ हजार एमएएच ब्याट्रीको साथ, यसले तपाईंलाई कनेक्टेड राख्न दिनभरि पावर दिने सुनिश्चित गर्दछ ।
सामसुङ ग्यालेक्सी ए१६ ५जी सँग ६ वर्षको अपरेटिङ सिस्टम अपडेट र ६ वर्षको सुरक्षा अपडेटहरू प्रदान गर्दै दीर्घकालीन सुरक्षा र पर्फमेन्स प्रदान गर्न प्रतिबद्ध छ । इएएलएसं सर्र्टिफिकेशन मार्फत मानसिक शान्ति प्रदान गर्दै सामसुङ नक्स भल्ट सँग सुरक्षा एक उच्च प्राथमिकता हो । यसका थप सुविधाहरूमा परिष्कृत कनेक्टीभिटीको लागि गुगल मिट र क्वीक शेयरको साथ सहज अनुभव समावेश छन् ।
कालो, हल्का हरियो र सुनौला रङ्गमा उपलब्ध, ग्यालेक्सी ए१६ ५जी को ६/१२८ जीबी भेरियन्टको मूल्य रु. २८ हजार ९९९ रुपैयाँ, ८/१२८ भेरियन्टको रु. ३० हजार ९९९ रुपैयाँ र ८/२५६ भेरियन्टको रु. ३४ हजार ९९९ मूल्य रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले ग्यालेक्सी ए१६ ५जीको प्रत्येक खरिदमा २५ वाट को एड्याप्टर निःशुल्क प्रदान गरेको छ । यी उत्पादनहरु १२ नोभेम्बर २०२४ देखि बजारमा उपलब्ध हुनेछ । यो मोडल सबै अधिकृत सामसङ स्टोरहरूमा इन्स्टा फाइनान्स सेवा मार्फत खरिद गर्न सकिन्छ, ०% थप ब्याज र स्विफ्ट प्रोसेसिङको साथ झन्झटरहित ईएमआई विकल्पहरू प्रदान गर्दै एक घण्टा भित्र तपाईंको उपकरण तपाईंको हातमा पाउन सकिन्छ ।



























































