काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टीले गरिरहेको आन्दोलनका बारेमा समिक्षा भइरहेको बताएका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा बिहीबार बसेको पार्टी संसदीय दलको अनौपचारिक छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै परियारले आन्दोलनलाई निरन्तरता दिने वा रोक्ने भन्ने बिषयमा छलफल भइरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


आफुहरुको आन्दोलनले पार्टीलाई मात्रै नभई जनतालाई पनि फाइदा हुनुपर्ने भन्दै उनले विभिन्न कोणबाट खुल्ला रुपमा पार्टीभित्र बहस छलफल भइरहेको बताए ।

पार्टीभित्रको विवादका विषयमा सोधिएको प्रश्नमा परियारले पार्टीभित्र कुनै गुट–उपगुट नरहेको जिकिर गरे । कार्यबहाक सभापतिका विषयमा पनि पार्टीभित्र कुनै विवाद नरहेको उनको भनाइ छ । उनले आफ्ना नेताविरुद्ध अदालतको अवहेलना मुद्दाका बिषयमा पनि पार्टीभित्र छलफल चलिरहेको जानकारी दिए ।

त्यस्तै रास्वपाका सांसद गणेश पराजुलीले सरकारले राजनीतिक प्रतिशोध साधेकाले आन्दोलन निरन्तर अघि बढ्ने बताए । उनले सरकारको रवैयाबिरुद्ध उपनिर्वाचनलाई आन्दोलनको रुपमा नै अघि बढाउने जिकिर गरे । उनले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय नबनाउने उल्लेख गरे ।